बिहिबार, बैशाख १३, २०८१

काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा दिवंगत आफन्तको सम्झना सहित गाईजात्रा पर्व मनाईदै

फाइल फोटो

काठमाडौं साउन२० ,

आज मृतआत्माको चिरशान्तिको कामना सहित स्वर्ग जानू भन्ने उद्देश्यले प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाका दिन मनाईने गाईजात्रा पर्व मनाइदैछ । यो पर्व आज काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, तानसेन, दोलखा, खोटाङ, रामेछाप, भोजपुरलगायत स्थानमा उपत्यकाका तीन वटै सहरसहित मुलुकका मुख्य मुख्य सहरमा मनाइँन्छ । त्यस्तै यो पर्वमा विशेषत एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिँगारी सहर घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दहीचिउराका साथै अन्य परिकार पनि खुवाउँछन ।

गाइजात्राको सम्बन्धमा प्रचलित इतिहास अनुसार तत्कालीन मल्ल राजा प्रताप मल्लका पुत्रको अल्पायुमै निधन भएपछि रानीले धेरै बिलौना गर्न थालिन् । लामो समयसम्म शोक गरेर बसेपछि ‘यस्तो शोक तिमीलाई मात्र परेको होइन’ भन्ने देखाउन राजाले वर्ष दिनभित्र दिवङ्गत सबैको गाईजात्रा निकाल्न लगाए । सबैका घरबाट गाईभेषधारी आएकाले सबै मानिसको मृत्यु हुने देखेपछि मात्र रानीको शोक केही घट्दै गयो भन्ने जनविश्वास रहनुको अलावा त्यस वेला देखिनै यो पर्वले निरन्तरता पाएको अभिमत पाइन्छ । त्यस्तै रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट गाई भेषधारी लैजान सुरु गरिएकाले अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै गाईजात्रा सुरु गरिने चलन छ । कतिपयले भने आफ्ना मृतकजनको स्मृतिमा रामायणको करुण रसका गीतसमेत गाउँछन् । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

तर आज भोली प्रस्तुत पर्वलाइ समाजमा विद्यमान विकृति र विसङ्गति उजागरको माध्यमका रुपमा पनि मनाउँन थालिएको पाइन्छ । यस क्रममा सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । तर अफशोच वर्ष ०७७मा विश्वव्यापी महामारीको प्रारुपमा कोभिड १९को संक्रमण फैलिएका कारण अनावश्यक भिडभाड गर्न नहुने भएका कारण जात्रा मनाउने क्रममा निकै कमि आएको छ । यसवीचमा मृतकका आफन्तले घरघरमै आआफ्नो विधि अनुसार मृत आत्माको सम्झना गरेर मनाइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।