शुक्रबार, बैशाख १४, २०८१

पाटन अस्पतालमा कोभिड संक्रमणका कारण दुईको मृत्यु

काठमाडौ साउन २३ ,

ललितपुरस्थित पाटन अस्पतालमा कोभिड संक्रमिणका कारण दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको निधन भएको पाटन अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुबैजनामा सङ्क्रमणको पुष्टि भएको बताउदै मृतकद्दय मध्ये क्यान्सर रोगी सुनौली घर भएकी महिला र मधुमेह र रक्तचापका विरामी समेत रहेका सर्लाही घर भएका पुरूषको मृत्यु भएको  जनाउदै अस्पतालले उपचारकै क्रममा दुवैको निधन भएको जानकारी दिएको छ ।

यसअघि साउन १६ गते समेत पाटन अस्पताल, ललितपुरमा झम्सिखेल निबासी ६५ वर्षीया महिलाको उपचारकै क्रममा निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।