बुधबार, बैशाख १२, २०८१

आसन्न चाडपर्व सुरक्षित रुपमा मनाउन जनस्वास्थ्य मापदण्ड २०७७ जारी

काठमाडौ साउन २३ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशैभर कोभिड संक्रमण र संक्रिमितको सख्या बढ्ने क्रमलाइ दृष्टिगत गर्दै चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरेको छ ।

मन्त्रालयले कोभिड संक्रमणको जोखिम विद्यमान रहकै अवस्थामा उपत्यका लगायत देशैभर आसन्न विभिन्न चाडपर्व, जात्रा तथा उत्सवको मौसम शुरु  भएसंगै यसवीचमा ती परम्परागत चाडपर्व, जात्रा तथा उत्सव मनाउने क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डको तजविजमा रहि सुरक्षित रुपमा मनाउनकालागि प्रस्तुत मापदण्ड तयार गरि जारी गरेको हो ।

जारी मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने, सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै चाडबाड र पर्व मनाउने र चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर र ३ तहको कपडाको मास्क वा सर्जिकल मास्क प्रयोग गर्ने भिडभाड कम गर्ने लगायतका १४ बुँदे सुरक्षाका सूत्रहरु समावेस गरिएको छ ।

यस्तो छ १४ बुँदे जनस्वास्थ्य सुरक्षा मापदण्ड २०७७:

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।