शनिबार, बैशाख १५, २०८१

झापाका दुई स्थानीय तह अर्जुनधारा र बिर्तामोड नगरपालिकमा अनिश्चितकालीन बन्दाबन्दी

काठमाडौं साउन १९,

बढ्दो कोभिड १९को संक्रमण संगै झापाका २ वटा स्थानीय तह क्रमस ले बन्दाबन्दी (लकडाउन) गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले आइतबार बिहानदेखि अनिश्चितकालीन बन्दाबन्दी आदेश जारी गरेको समाचार प्राप्त भएको छ ।

यी दुवै नगरपालिकाले पछिल्लो समय कोभिड संक्रमण समुदायस्तरमा फैलिएको ठहर सहित संक्रमणका कारण कुनै अप्रिय घटना सिर्जना नहोस भन्दै यस किसिमको आदेश जारी गरेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

बिर्तामोड नगरपालिकाको सम्पर्कमा आएका ११६ जना संक्रमित संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टिनमा राखिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।