शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा बढ्दो संक्रमणको रफ्तारलाइ नियन्त्रण गर्न जोर बिजोर प्रणाली कार्यान्वयन गर्ने तयारीमा: मन्त्री ढकाल

काठमाडौं साउन १८ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा कोभिड संक्रमण फैलन नदिन र संक्रमण नियन्त्रणका लागि सरकारले कार्यान्वयन गर्न लागेको नयाँ रणनीतिको कार्यान्वयनका लागि सहयोग गर्न सञ्चारमाध्यमलाइ आग्रह गर्दै फेरि जोर विजोर प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्।

कोभिड संक्रमण फैलिन नदिन सरकार नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको जनाउ दिदै मन्त्री ढकालले बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई सरकारले प्राथमिकिरण गरेको बताउनुभयो

साथै उहाँले काठमाडौं उपत्यकामा देखिएको संक्रमणको अनुपातको विश्लेषण गर्दै यहि अवस्थामा संक्रमितको वृद्धिदर यहि रफ्तारमा बढ्दै जाने हो भने उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन समेत आग्रह गर्नुभएको छ।

आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो, गाडी चलाउने कुरामा पनि भरममग्दुर भन्दा पनि जोर बिजोर प्रणालीको कुरा गरियो भने त्यसले एकहदसम्म आवस्यकतालाई पनि पूर्ति गर्न सक्छ। अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने तर्फ सरकार क्रियाशील रहेको समेत बताए ।

त्यस्तै छलफलको क्रममा मन्त्री ढकालले महामारीको विषम अवस्थालाई मध्यनजर गरेर सबैले सचेत हुन आग्रह गर्दै समेत सञ्चारमाध्यमलाइ आग्रह गनुभयो । साथै उहाँले सरकारले सर्व साधारणको सहजीकरणका लागि लकडाउन खुकुलो बनाएसंगै अनावश्यकरुपमानै सर्वसाधारणको ‘मुभमेन्ट’ बढेको समेत बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।