शुक्रबार, बैशाख १४, २०८१

कोभिड १९ विरुद्ध पहिलो खोपको सफल परीक्षण भएको रुसी राष्ट्रपति पुटिनको दावी

समाचार एजेन्सी साउन २८ ,

विश्वव्यापी माहामारी रुप लिएर लाखौको ज्यान लिएको कोभिड भाइरसको खोप तयार भएको रुसले दाबी गरेको छ । मंगलबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताए ।रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । सने भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको पुटिनले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोभिड संक्रमण देखिसकेको छ ।
चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ ।
पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड १९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।
तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् ।यस्तै विश्व स्वास्थ्य संगठन [डब्ल्युएचओ] ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ । गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब मास भ्याक्सिनेसन सुरु गर्ने बताएको थियो । कोभिडका सबैभन्दा बढी संक्रमित अमेरिका, ब्राजिल र भारतमा रहेको जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।