शुक्रबार, बैशाख १४, २०८१

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाइ कोभिड संक्रमण

काठमाडौ साउन २८ ,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने ७ प्रहरीलाई पनि संक्रमण पुष्टिभएसंगै प्रमुख आयुक्त घिमिरे कार्यालय आएका छैनन्। अख्तियारमा अहिलेसम्म ५० भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।