बिहिबार, बैशाख १३, २०८१

संक्रमणकारण जनकपुरका पूर्व नगर प्रमुख  गिरीको मृत्यु ,चितवनका १६ सहित २१ जनामा संक्रमण

काठमााडैं साउन २८ , जनकपुरका पूर्व नगर प्रमुख कृष्ण गिरीको कोभिड संक्रमणका कारण गएराति मृत्यु भएको छ । मुटु रोगका समेत विरामी रहेका गिरी विगत दुइ साता भन्दा लामो समययतादेखि काठमाडौंमा उपचार भइरहेको थियो । उपचारको क्रममा गिरीलाइ कोभिड  पोजेटिभ देखिएको थियो ।

यसैवीच चितवनको भरतपुर कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा कोभिड संक्रमण देखिएको छ ।त्यस्तै भरतपुर अस्पतालमा उपचाररत बारा र क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका १ जना त्यस्तै पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका १ जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पताले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।