शुक्रबार, बैशाख १४, २०८१

अर्को सूचना नभएसम्मका प्रेस पास जारी तथा नवीकरण स्थगित

काठमाडौ साउन २८,

सूचना तथा प्रसारण विभागले कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य तत्कालका लागि स्थगित गरेको छ ।
विभागले आज एक विज्ञप्ति जारी गरी बढ्दो कोभिड–१९ को बढ्दो जोखिमसंगै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगित गरिएको जनाएको छ’।

यद्यपी श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिइने विभागले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।