शुक्रबार, बैशाख ७, २०८१

थप ४८४ जनामा कोभिड संक्रमितको पहिचान, ८ को मृत्यु

काठमाडौ साउन २८ ,

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १३८ जना सहित नेपालमा थप ४८४ जनामा कोभिड संक्रमितको पहचिान भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ । योसँगै नेपालमा  कोभिड संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

त्यस्तै मन्त्रालयले काठमाडौंमा १०९ जना, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोभिड पुष्टि भएको जानकारी दिनुको अलावा संक्रमणकै कारण थप ८ जना को मृत्यु जनाएको छ ।  मृत्यु हुनेमा हुनेमा काठमाडौंका ७८ वर्षका महिला, धादिङका ३२ वर्षको पुरुष, धनुषाका ७२ वर्षको पुरुष र ३८ वर्षको महिला, सप्तरीका ७२ वर्षको पुरुष, मोरङका ५५ वर्षको पुरुष, कपिलबस्तुका ४२ वर्षको पुरुष र बाराका ७५ वर्षको महिला रहेका छन् । योसँगै नेपालमाको भिडबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

साथै देशभर कुल आइसोलेसनमा ७ हजार ६ सय १३ जनाको उपचार भइराखेको जनाउदै मन्त्रालयले गत २४ घण्टाभित्र ६४ जना निको भई डिस्चार्ज भएसंगै कुल १६ हजार ७२८ जना संक्रमित डिस्चार्ज भएको  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु