शनिबार, बैशाख १५, २०८१

काँग्रेस नेता गगनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई भने- सरकार अब अति भो

काठमाडौं साउन १६,

कोभिड १९को संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलको उल्झनमा रमाउँदै गरेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति सहित सरकारको आलोचना गर्नुभएको छ ।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका कांग्रेस नेता थापाले समाजीक सञ्जालमार्फत सरकारको रवैयामाथि टिप्पणी गर्दै मुलुकको प्रधानमन्त्री केपी ओलीज्यू पार्टीको खिचातानीमा व्यस्त१स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त , भुसको आगोझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ।बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ [सरकार अब अति भो ] भन्दै सरकारको आलोचना गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।