शुक्रबार, बैशाख १४, २०८१

कोभिड–१९ को जोखिम: अत्यावश्यक बाहेक काठमाडौं छिर्ने सवै नाका राती बन्द गर्ने गृहको निर्णय

काठमाडौं साउन १५ ,

सरकारले उपत्यका प्रवेश गर्ने नाका क्रमस साँगा, नागढुंगा, फर्पिङ नाकामा संकलन गरिएका स्वाब परीक्षणको क्रममा कोभिड संक्रमितको सख्या अत्याधिक पहिचान भएसंगै अत्यावश्यक सेवा र ढुवानी बाहेक काठमाडौं छिर्ने सवै नाका राती पुर्ण बन्द गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज साँझ एक सूचनामा जारी गर्दै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म विभिन्‍न नाका भएर उपत्यका प्रवेश गर्ने क्रमलाइ रोन् समेत काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिएको हो ।

त्यस्तै मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास समेत जारी नगर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय निर्देशन दिदै प्रस्तुत आदेशको पूर्ण पालना गर्न गराउन मातहतका जिप्रका सुरक्षा निकायलाइ कडा निर्देशन दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।