मङ्लबार, बैशाख ११, २०८१

आफ्नो स्वास्थ्य अवस्थाबारे नागरिक आफै सचेत हुन आवश्यक : मन्त्री डा .खतिवडा

काठमाडौ साउन १५ ,

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय विभिन्न मन्त्रालयकाृ विषगत प्रस्ताव सहितका २१ बुँदे निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिकीकरण गर्दै सरकारका प्रवक्ता खतिवडाले हरेक नागरिकले सुरक्षित स्वास्थ्यका उपाय अपनाउनु पर्नेमा जोड दिँदै  आफ्नो स्वास्थ्य अवस्थाबारे नागरिक आफै सचेत हुन आवश्यक रहेको जनाउ सहित आवागमन, हिँडडुल तथा सवारी साधनको परिचालन गर्दा हरेकले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा सरकारले विपद्मा मृत्यु भएको परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ । एक जनाको मृत्यु भएमा रु दुई लाख तथा थप व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति रु एक लाखको दरले राहत दिने व्यवस्था गरिएको जानकारीदिदै मृतकको परिवारलाई उपलब्ध गराइने राहतमा एकद्वार नीति अवलम्बन गरिने बताउनु भएको छ ।

यस्तै सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसी लाई, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा डा मोहनकृष्ण श्रेष्ठलाई नियुक्त गर्नुको अलावा स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा उमा शंकर प्रसादले दिनुभएको राजीनामा स्वीकृत गरेको र राजपत्रांकीत प्रथम श्रेणीका सहसचिव मधुकुमार मरासिनीलाई नेपाल प्रशासन सेवाको समूहीकरण तर्फको राजपत्रांकीत विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय भएको जानकारी संगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार मेट्रिक टन र साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडलाई २० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी आयात गर्न स्वीकृती दिने सरकारले निर्णय गरेको बताउनुभयो ।

यस्तो छ मप बैठकको निर्णयको पूर्ण पाठ

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।