शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा ४२ सङ्क्रमित सहित थप ११८ जनामा कोभिड सङ्क्रमण पुष्टि

७७ जिल्ला मध्ये धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी छ वटा जिल्ला कोभिड मुक्त

काठमाडौ असार२६ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ११८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको र यसमध्ये काठमाडौ उपत्यकामा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा कोभिड सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा ४ हजार ८०५ जनाको पीसीआर नमूना परीक्षण गर्दा थप ११८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएसंगे सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको बताउनुभयो ।

तयस्तै आज कोभिड सङ्क्रमण मुक्त भई १२० डिस्चार्जभएस।गै डिस्चार्ज हुनेको सङ्ख्या ८ हजार ११ पुगेको बताउदै अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७५ हजार ९५१ जनाको परीक्षण गरिएको जानकारीदिनुभयो । त्यस्तै हाल क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेशनमा ८ हजार ६०३ जना रहेको उहाँले जानकारी दिनुभएको छ । साथै नेपालका ७७ जिल्ला मध्ये धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी छ वटा जिल्ला कोभिड मुक्त भएको जनाउदै मन्त्रालयले सङ्क्रमित मुक्त भएपनि हेलचक्य्राइँ नर्गन र सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।