काठमाडौं असार १०, काठमाडौ महानगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट आज सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज आयोजित नगरसभाको ७ औ अधिवेशनमा सो अुनमानित बजेट सार्वजनिक गर्नु भएको हो । त्यस्तै सार्वजनिक बजेटको विषयमा जानकारी दिदै उहाँले यसपटक कूल बजेटको ५१ दशमलव ३४ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रका लागि अर्थात रु ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार को बजेट विनियोजन गरेको जानकारी दिनु भएको छ ।
त्यस्तै सामाजिक विकासमा रु २ अर्ब ४९ करोड ९८ लाख कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि रु १ अर्ब ७८ करोड २७ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख तथा आर्थिक विकास क्षेत्रका लागि रु १७ करोड २३ लाख विनियोजन गरेको छ । सशर्त अनुदान अन्तर्गत रु २ अर्ब ५७ करोड ५१ लाख पाँच हजार विनियोजन गरेको जानकारी दिनु भयो ।
काठमाडौं महानगरले सार्वजनिकगरेको बजेट अन्र्तगत आन्तरिक स्रोतबाट रु छ अर्ब ७६ करोड ६५ लाख, व्यवसाय करबाट रु ४० करोड, विज्ञापन करबाट रु छ करोड र शुल्क आयबाट रु एक अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको समेत उपप्रमुख खड्गीले बताउनुभयो । त्यस्तै कोभिड–१९ को प्रभावहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमका लागि बजेट विनियोजन जानकारी दिदै करदाताबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पूरै छुटको समेत घोषणा गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट संगै कोभिड प्रताडितका कारण एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता माग गर्न आएमा वार्षिक बहाल करमा १० प्रतिशत छुट गर्ने घोषणा समेत गरिएको छ । त्यसैगरी व्यवसाय कर अन्र्तगत होटल, पर्यटन तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित व्यवसायीले तिर्ने व्यवसाय करमा ५० प्रतिशत र अन्य सबै व्यवसायीले तिर्ने व्यवसाय करमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
साथै महानगरपालिकाले आगामी आर्थिक वर्षमा सम्पदा संरक्षण तथा सम्वद्र्धन र पूर्वाधार विकासलाई महत्व दिनुको अलावा गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको जनाएकोछ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान