शुक्रबार, चैत्र १६, २०८०

संकीर्ण र दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई किमार्थ राम्रो गर्दैन : पूर्वराजा शाह

राष्ट्रियता नै हाम्रो मुल मन्त्र र एकता नै हाम्रो शक्ति हो

काठमाडौं असार १०, पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड- १९ को महामारीका कारण मुलुकमा जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गर्नु भएको छ ।उहाँले आज एक सन्देश जारी गर्दै कोभिड संक्रमणबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गर्दै संक्रमित सवैको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

त्यस्तै उहाँले आफ्नो सन्देशमा राष्ट्रियता नै हाम्रो मुल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतितबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म भएको जिकिर गर्दै कोभिड संक्रमणका कारण मुलुकमा सिर्जना भएको चुनौतीसँगै अवसर पनि आएको बताउँदै यसवीचमा विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै नेपाल बहुजातीय, बहुभाषिक र बहुविविध भौगोलिक विशेषता रहेको बताउँदै परस्पर मेलमिलाप, समन्वय, एकता तथा सामाजिक सदभाव हाम्रो सनातनिक मान्यता भएको जिकिर गर्नु भएक े छ । ‘त्यसैले अहिले देशमा बढ्दै गएको जातीयता, वर्गीयता र क्षेत्रीयताका संकीर्ण र दूर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्ट्रिय अस्मितालाई किमार्थ राम्रो नगर्ने यर्थाथलाइ समयमानै बुझ्न आग्रह समेत गर्नु भएके छ ।

त्यस्तै सन्देशमा उहांले निषेध र प्रतिशोधको भावना राखेर कसैको हित नहुनेमा सत्ता सञ्चालकहरुलाई सचेत गराउदै नेपाल राष्ट्रको एकीकरण र नेपाली स्वाधीनताको संरक्षण तथा सर्वतोमुखी विकासको चिन्तन सहित  देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारम्बार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ रु त्यस्तै जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ रु रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या भ्रष्टाचार, जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ भन्ने महत्वपूर्ण प्रश्नको उठान गर्नु भएको छ ।  साथै पूर्व राजाले मुलुकमा सिर्जित समस्याकै कारण असारमा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय समेत गर्नुभएको सन्देश मार्फत जानकारी समेत दिनु भएको छ ।

यस्तो छ आज जारी सन्देशको पूर्णपाठ :

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।