शनिबार, बैशाख १५, २०८१

सम्वद्ध व्यवसायीले आजबाट राजधानीका विभिन्न क्षेत्रमा रहेको सपिङ मल सञ्चालन गर्ने

काठमाडौं असार १ , आज विश्वव्यपाी कोभिड संक्रमणको जोखिका कारण जारी लकडाउनको ८४ औं दिन पुगेको छ । यसवीचमा सरकाले जारी लकडाउनलाइ केहि सहजीकरण गर्द केहि सेवा व्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि सपिङ मल लगायत व्यवसाय भने बन्द नै राख्ने घोष्णा गरेको थियो ।

तर सम्वद्ध व्यवसायीले भने आजबाट काठमाडौंका सपिङ मल खोल्ने भएका छन् । लकडाउनका कारण परेको आर्थिक असरका कारण व्यवसाय धान्न नसकिने जनाउ सहित सरकारले अनुमति नदिएपनि सपिङ मल सञ्चालनमा ल्याउन लागेको हो ।

यस क्रममा उपत्यकाका रहेको सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी आजबाट व्यवसाय सञ्चालन गरिने जनाउ दिएको हो । जारी विज्ञप्तिमा संघले स्वास्थ्य सुरक्षाका सवै विधि अपनाउदै होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे र खुद्रा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुने जनाएको छ ।

त्यस्तै लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै आफुहरुले व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।