शुक्रबार, बैशाख १४, २०८१

नेपालमा कोभिड संक्रमितको संख्या दिनानुदिन बढ्दो, संक्रमणका कारण आजमात्रै थप २ को मृत्यु

काठमाडौ जेठ २४ , नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको मन्त्रालयले बताएको छ । । तीमध्ये पुरुष ३ हजार ३ र महिला २३२ रहेका छन् । कोभिड संक्रमण  प्रभावित जिल्ला ७० पुगेको छ । अव ७ जिल्ला मात्र कोभिड संक्रमण बाट अलग रहेको छ ।

त्यस्तै नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै मृतकको सख्या १३ पुगेको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।