शुक्रबार, बैशाख १४, २०८१

सीमा पार गर्दागर्दैको अवस्थामा ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरी बैशाख २२,  सिमानाका सुरक्षामा तैनाथी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दैको अवस्थामा आज बिहान ११ भारतीय मुस्लिम नागरिकलाइ पक्राउ गरेको हाम्रा सहकर्मीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार महोत्तरीको बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएकाहरु सवै भारत  पश्चिम बङ्गाल राज्यको कोलकाताका भारतीय मुस्लिम नागरिकहरु जो बढ्दो लकडाउन संगै दैनिक गुजारा गर्न समस्या भएको भन्दै लुकेर भारत जान खोजेको बताईएको छ । पक्राउ परेकालाई प्रहरीचौकी कट्टिकटैयामा राखिएको र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।