शुक्रबार, चैत्र १६, २०८०

अबर सागरको जलवाष्पयुक्त हावा नेपालमा, बुधवार सम्म देशैभर मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौ बैशाख २२,  मौसम पूर्वानुमान महाशाखाले एकातर्फ पछिल्लो समय पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव र अर्को तर्फ बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएसंगै काठमाडौं उपत्यका सहित देशैभर बदलीसँगै वर्षा हुने क्रममले तिव्रता पाएको जनाएको छ ।

त्यस्तै महाशाखाले सोमवार विहानै देखि उपत्यका लगायत देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको जनाउँदै जारी तिन दिने मौसम पूर्वानुमान बुटेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना दिदै देशका केही स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग रअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

त्यस्तै मौसम पूर्वानुमान बुलेटिनमा आजबाट आगामी बुधवार सम्म् मेघ गर्जन / चट्याङ्ग /असिना र हावाहुरी सहित वर्षाको सम्भावना औल्याएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

 वैशाख २२ गते सोमबार: देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका थोरै  स्थानहरुमा र  पूर्वी भू-भागका केही स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग  सहित   वर्षाको सम्भावना रहेको छ।

वैशाख २३ गते मंगलबार : देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पश्चिमी भूभागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको अधिकांश भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र  पश्चिमी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

वैशाख २४ गते बुधबार : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।देशको पहाडी भूभागका केहि स्थानहरूका साथै पूर्वी र मध्य तराईका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तराईका भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग  सहित   वर्षाको सम्भावना रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।