शुक्रबार, बैशाख १४, २०८१

लकडाउनमा थप कडाइ , महानगरको भित्री शहरमा स्थानीय युवा समुदायको प्रयास प्रशसनीय

काठमाडौ जेठ ५, पछिल्लोसमय कोभिड संक्रमणको बढ्दो जोखिमसंगै काठमाडौ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् ।
यसअघि यो वा त्यो नाममा लकडाउनको अवज्ञा गर्दै वाहिर निस्कने महानगरका भित्रि शहरमा पछिल्लो समय पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको वाहेक अन्य सवारी र नागरिकहरु भर वाहिर प्राय निस्केको पाइदैन ।

यसअघि कामपाको भित्री क्षेत्रका मसल सडक नै अवरुद्ध गर्ने क्रम बडेसंगै गृहमन्त्रालयले बाटो बन्द्य गर्ने जस्ता कामकारावही नर्गन यदि गरे कानुनी कारवाही गर्ने निर्देशन जारी गरेसंगै सडक मार्ग अवरुद्ध गर्ने क्रम घटेपनि सोधपु सहित स्थानीय युवा समुदायले एक टोलबाट अर्को टोलसम्म अनावश्यक आवतजावत गर्ने नागरिकलाइ सम्झाइबुझाइ जहाँबाट आएको त्यहि पठाउने का मगर्दै आएको पाइन्छ । यसक्रममा अहिले असन, इन्द्रचोक दमाईंटोल नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटी जैशीदेवल लगायतका स्थानमा स्थानीय युवाहरुले  माइकिङ्ग सहित  पहरा दिने कार्य गदैआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।