शनिबार, बैशाख ८, २०८१

सुरक्षाको नाममा अवान्छित कार्य गरे कडा कारवाही: गृह मन्त्रालय

काठमाडौ जेठ ५, गृह मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई अनावश्यक दवाव नदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ । कोरोना भाइरस – कोभिड  १९ को संक्रमण बढिरहेका बेला गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै यस्तो कुरा उल्लेख गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा मसलुकको विषम क्षणमा सुरक्षा सर्तकताका नाममा अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने,विभिन्न किसिमका दवाव दिने,आवागमनमा क्रममा दुव्र्यवहार गर्ने,बाटो निषेध गर्ने लगायतका अमानविय कार्यहरु प्रती गृह मन्त्रालयको गम्भिर ध्यानार्कण भएको जनाउदै यस्तो कार्य नर्गन गृह मन्त्रालयले विज्ञप्ती मार्फत आग्रह गरेकोहो ।

२०७६ चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनलाई थप सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।  साथै मन्त्रालयले जारी निर्देशको बर्खिलापका कामकारवाहीभए हदैसम्मको कारवाही गर्न बाध्य हुने चतावनी समेत दिएको छ।  पछिल्लो समय सुरक्षाको नाममा परिचालित सुमहले महानगरका विभिन्न क्षेत्रमा फलामे वार लगाउने मुल सडक अवरुद्ध गर्ने त्यस्तै कामविहेषले वाहिर निस्केका चिकित्शक सञ्चारकर्मीलाइ अभद्र व्यवाहर गर्ने जस्ता अनेकन अवान्छित कार्य हुनेक्रम बढेसंगै मन्त्रालयले कडा निर्देशन जारी गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।