शनिबार, बैशाख १५, २०८१

मन्त्रिपरिषद बैठक: जारी लकडाउन आगामी जेठ ३२ गतेसम्म कायम

काठमाडौ जेठ १७, शनिबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा जारी लकडाउन थप १२ दिन अर्थात आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैंछ । साथै समितिको सिफारिस अनुरुपनै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गर्दै प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएकेछ । तर यसरी स्वदेश फर्काएपनि  काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने समितको प्रस्ताव समेत स्वीकृत गरेको छ ।

पछिल्लो डेटा अनुसार मुलुकको ५३ जिल्ला प्रभावितत भएकोछ भने संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । त्यस्तै उपचारपछि डिस्चार्ज हुनेका सख्या २१९ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।