शनिबार, बैशाख १५, २०८१

पिसिआर र आरडिटी दुवै विधिबाट ६० हजारको कोरोना परीक्षण : प्रवक्ता देवकोटा

काठमाडौं बैशाख १९, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङ्ग मन्त्रालयका प्रवक्ता प्रवक्ता डा विकास देवकोटाले ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरिएको जानकारी दिनु भएको छ ।  प्रवक्ता देवकोटाका अनुसार यसमध्ये १२ हजार ५७७ को पिसिआर विधिबाट र ४७ हजार ७ सय ९७ जनाको आरडिटी विधिबाट परीक्षण भएको जानकारी दिनु भयो । त्यस्ते गत २४ घण्टामा थप एक हजार ४४७ वटा परीक्षण गरिएको पनि उहाँले जानकारी दिनु भएको छ ।

त्यस्ते प्रवक्ता देवकोटाले देशैभर २४ हजार ९०७ क्वारेन्टाइनमा र ९४ जना आइसोलेसनमा रहेका जानकारी दिदै यसमध्ये काठमाडौँ उपत्यकामा ५ जना आइसोलेसनमा र ८९ उपत्यका बाहिर रहेको बताए ।

त्यस्तै आज पुष्टि भएको थप दुइ जनासमेत गरि नेपालमा कोरोना सङ्क्रमितको सख्या ५९ पुगेको छ भने यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको जानकारी दिदै प्रवक्ता देवकोटाले सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।