बिहिबार, बैशाख १३, २०८१

भारतमा कोभिड संक्रण क्षेत्रको वर्गिकृत पहिचान सहित थप दुइ साताको लागि लकडाउन थप

काठमाडौं बैशाख २० , कोभिड- १९ को संक्रमण फैलिन नदिन भारत सरकारले जारी लकडानलाइ थप दुइ साताको लागि थप गरेको छ । यसअघि भारत सरकारले शुरुमा २५ मार्च देखि १४ अप्रिलसम्म २१ दिनको देशव्यापी लकडाउन घोषणा गरेका थिए । , त्यसपछि १५ अप्रिलबाट ३ मेसम्म १९ दिनको लागि थप जारी गरिएको लकडाउन घोषणालाइ पुन ४ मे देखि लागू हुने गरी १७ मे सम्म १४ दिनको लकडाउन जारी राख्ने घोषणा गरेको हो ।

तर जारी लकडाउनका वीच भारत सरकारले कोभिड संक्रमणको क्षेत्र पहिचान गर्दै रेड जोन घोषित क्षेत्रमा कुनै किसिमको सुविधा र छुट नदिने र ओरेन्ज र ग्रीन जोनको रुपमा पहचान गरिएको क्षेत्रमा भने लकडाउनलाइ केहि खुकुलो बनाउने निति अख्तियार गरेको छ । थपिएको लकडाउनमा पनि रेल र बस स्कुल, कलेज भने पूर्ण बन्द राख्ने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार उच्चस्तरीय बैठकको निर्णय अनुरुप ग्रीन ओरेन्ज जोनमा ईकमर्सलाई अनुमति दिइएको छ। यी जोनमा अत्यावश्यकबाहेकका सामान पनि आपूर्ति गर्न छुट दिइएको छ। यसका साथै ग्रीन जोनमा ५०औ प्रतिशत कर्मचारी राखेर बस चलाउने अनुमति दिइएको छ। ग्रीन जोनका बस डिपोमा ५० प्रतिशत मात्रै कर्मचारीले काम पाउने सर्कुलर जारी गरिएको  छ ।  भारतमा अहिलेसम्म ३५ हजार ४३ जनालाई कोरोना देखिएको छ। जसमा ११ सय ५४ जनाले ज्यान नै गुमाइसकेका छन्। निको हुनेको संख्या ९ हजार ६८ रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।