शनिबार, बैशाख १५, २०८१

नेकपा सचिवालय बैठक: पार्टी र सरकारबाट भएका कमीकमजोरी प्रति अध्यक्षद्दयद्दारा आत्मालोचना

   आपसी कलह आजकै मितिबाट समाप्त गर्ने निर्णय, स्थायी कमिटी बैठक बिहीबार , पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य   बनाउने निर्णय 

काठमाडौ बैशाख २०, सत्तारुढ दल नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भएको सचिवालय बैठकमा पार्टी र सरकारबाट भएका कमीकमजोरीको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अध्यक्ष प्रचण्ड र अन्य नेताहरुले आत्मालोचना गर्दै आपसी कलह आजकै मितिबाट समाप्त गर्दै पार्टीलाइ एकताबद्ध प्रारुपमा विधि पद्धति सहित अगाडी लैजाने निर्णय गरेको छ ।

त्यस्तै बैठकले वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे पार्टी स्थायी कमिटीको बैठक वोलाउने त्यस्तै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने , पार्टीलाई फुटउन्मुख गराउने कुनै पनि किसिमका क्रियाकलाप नगर्ने , पार्टी र सरकारसँग जोडिएर उठेका समग्र विषयवस्तुको समीक्षा गरी पार्टीलाई सुदृढ र मजबुद तुल्याउने तथा सरकारलाई थप प्रभावकारी बनाउने , कोभिड १९का कारण उत्पन्न आर्थिक सङ्कटलाई समेत सम्बोधन गर्ने गरी जनमुखी कार्यक्रम ल्याउने र कोरोना महामारीबाट जोगिन सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न पार्टी एकताबद्ध भएर परिचालन गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।