शुक्रबार, बैशाख १४, २०८१

आगलागी पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न काँग्रेसको माग

काठमाडौ बैशाख २०, काँग्रेस सभापति काँग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

सभापति देउवाले जारी गर्नु भएको विज्ञप्तिमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति १०ः०० बजेदेखि शुरु भएको आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीका कारण आफ्नो आवासगृहसहित धनसम्पत्ति गुमाएका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ ।

साथै उहाँले आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहतको उचित प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको हो ।

स्मरण रहोस, सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट रु ७ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ । राति करिब १०ः३० बजेदेखि शुरु भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।