शुक्रबार, बैशाख १४, २०८१

वीरगञ्ज छपकैयाँस्थित मस्जिद र आसपासको क्षेत्रमा सिल

काठमाडौ चैत ३०, वीरगञ्ज महानगरपालिका–२ छपकैयाँस्थित मस्जिदमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएसंगै वीरगञ्जको छपकैया क्षेत्रलाई सिल गरिएको छ । प्रदेश सरकार र जिल्ला सुरक्षा समितिको बैठकले संक्रमित बसेको आसपासको क्षेत्रमा आवतजावत बन्द गर्ने निर्णय सहित सिल गरिएको हो ।

संक्रमण त्यस क्षेत्रवाट अन्यत्र फैलिन नपाओस भनेर संक्रमित भेटिएको क्षेत्र सिल गरिएको जानकारी दिदै स्थानीय प्रशासनले संक्रमित मुस्लिम धर्म प्रचारकले यसवीचमा कसकसलाई भेटे भन्ने विषयमा समेत प्रशासनले खोजी थालेको जनाएको छ ।

त्यस्तै संक्रमित ३ जनालाइ वीरगञ्ज महानगरपालिका–२ छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको छ । उनीहरुसँगै मस्जिदमा रहेका अन्य २१ जनालाई पनि सिद्धार्थ माबिको क्वारेन्टाइनमा राखिएको छ ।  यी मध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा बसेको जनाएको छ ।

त्यस्तै सुरक्षा समितिको टोलीले कोभिड १९ संक्रमण पोजेटिभ देखिएका वीरगन्ज २ छपकैयामा रहेका मस्जिद लगायतको सम्पूर्ण क्षेत्र, वडा नम्बर २ को पूर्व, पश्चिम, उत्तर र दक्षिणको वडाका केहि भाग समेटने गरी सिल गरिएको प्राप्त समाचारमा उल्लेख गनुको अलावा व्यापक रुपमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।