शनिबार, बैशाख १५, २०८१

उपत्यकामा लकडाउन अवज्ञा गर्नेक्रम बढ्दो , ६५९ महिलासहित २ हजार ६८५ कारवाहीमा

काठमाडौ चैत २७ , महानगरीय प्रहरी कार्यालयले कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि लागू हुनेगरी जारी देशव्यापी लकडाउनको जारी आदेशको अवज्ञा गर्नेलाइ नियन्त्रणमा लिदै कारवाही गरेको छ ।

प्रहरीका अनुसार कारवाहीको क्रममा ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ । सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधन त्यसका चालक समेतलाइ कारवाही गरेको र त्यसक्रममा काठमाडाँैबाट २ हजार १५७ , ललितपुरबाट ४८० र भक्तपुरबाट ४८ जना प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

यसरी नियन्त्रणमा लिएकालाइ प्रहरीले लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाका लागि भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सचेतना कक्षा पछि छोडिएका जनाएको छ । साथै दिनुहु जसते कारवाही नियन्त्रणका समाचार प्रकाशित भइरहदा पनि नागरिकमा चेतना जागृत नभएकोमा प्रहरी अधिकारी आफै अवाक हुँदै भने उपत्यकामा नागरिकले कोभिड १९को संक्रमण लाइ सामान्य बुझेकै कारण यसते अवस्था सिर्जना भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।