बिहिबार, बैशाख १३, २०८१

आजदेखि कालीमाटी तरकारी बजार बन्द, वैकल्पिक तरकारी बजारबाट कारोवार हुने

काठमाडौं चैत २७,    राजधानीको कामपा वडा न १३ स्थित देशकै ठूलो कालीमाटी तरकारी तथा फलफूल बजार आजदेखि बन्द भएको छ । काठमाडौ महानगरले कोभिड -१९को संक्रमको उच्च् जोखिम रहेको अवस्था र यसको रोकथामका लागि जारी लकडाउन आदेशको समयमा पनि सामाजीक दुरी समेत कायम नगरी तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड बढेसंगै सोका नियन्त्रणका लागि बजार बन्द गर्ने निर्णय गरेको हो ।

बजार बन्दभएसंगै आजदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले यसअघि तोकेको राजधानीका विभिन्न स्थान क्रमस कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकको वैक्पिक बजारबाट कारोवार हुने महानगरले जनाएको छ ।

साथै  कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।