शुक्रबार, बैशाख १४, २०८१

गत शुक्रवार यता ३ दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री : निगम प्रवक्ता उपाध्याय

काठमाडौै चैत १७, कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा गत शुक्रवार यता ३ दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको निगमले जनाएको छ ।

आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको जानकारी दिदै निगमका प्रवक्ता विनितमणि उपाध्यायले यसअघि मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा पछिल्लो समय अर्थात गत फागुन १८ देखि चैत १५ गते सम्ममा ४५ हजार टन ग्यास आयात भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।