शुक्रबार, बैशाख १४, २०८१

सूर्यविनायक नगरपालिको समिक्षात्मक कार्य प्रतिवेदन सार्वजनिक

भक्तपुर माघ २७/ राम चन्द्र प्रजापति , सूर्यविनायक नगरपालिकाको तर्फबाट सम्पादन भएक कार्यको समीक्षात्मक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख बासुदेव थापाले नेपालको संविधान र विद्यमान संघीय शासन प्रणालीमा तहगत सरकारको रुपमा सूर्यविनायक नगरपालिका २०७४ साल जेष्ठ १० गते शुक्रवारका दिन कार्यभार ग्रहण गरी निर्वाचित स्थानीय सरकारको रुपमा कार्य थालनी गरेको आज ठीक २ वर्ष ७ महिना पुरा भएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले संघीय संचनामा मध्ये स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । यही सैद्धान्तिक पृष्ठ धरातलमा रहेर २ वर्ष ७ महिनाको अवधिमा पुर्‍याएको सेवा सुविधा र विकास निर्माणको कार्यप्रति समिक्षात्मक प्रतिवेदनको निर्वाचित जनप्रतिनिधिहरूले गौरवको अनुभूति गरेको बताउँदै समिक्षत्मक प्रतिवेदनमा मलत “कृषि, शिक्षा, पर्यटन र पूर्वाधार ः सूर्यविनायक समृद्विको मूल आधार” लाई मूर्तरुप दिन सम्पूर्ण निर्वाचित पदाधिकारीले एक मत भई सङ्कल्प गरे अनुरुपको कार्य सम्पादन भएके जानकारी दिनु भएको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७५।७६ को तुलनामा आर्थिक वर्ष २०७६।७७ का लागि रु १ अर्व ३० करोडको बजेट स्वीकृत गरेको छ । तुलनात्मक रुपमा बजेटको आकार र क्षेत्रमा बृद्वि हुँदा श्रोत परिचालन र कार्यान्वयन चुनौतिपूर्ण हुने हो की रु भन्ने चिन्ता एक तर्फ थियो भने अर्को तर्फ बढ्दो जनताको माग र आश्यकता पूर्ति गर्नु पर्ने दवाव जनप्रतिनिधि माथि रहेको अवस्थामा समेत उचित सन्तुलन र समन्वय कायम गर्दै लक्ष्य प्राप्ति तर्फ उन्मुख भएको हालसम्मका तथ्याङ्कवाट पुष्टी हुन आएको जानकारी दिनुभएको छ ।

साथै आर्थिक वर्ष २०७६।७७ का लागि रु १ अर्व ३० करोडको बजेटमा २०७६ साल पौष मसान्तसम्म सम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ प्राप्त आयको प्रथम छ महिनाको आय विवरण विश्लेषण गर्दा आन्तरिक आयको हिस्सा ६६ प्रतिशत र वाह्य आयको हिस्सा ३४ प्रतिशत रहेको जानकारी दिदै वाँकी ६ महिनाको अवधिमा लक्ष्यको तुलनामा थप ३६ दशमलव १९ प्रतिशत अर्थात रु ४७ करोड ०४ लाख १० हजार ०५८ आय प्राप्त गर्नु पर्ने हुन्छ।२०७६ साल पौष १५ गतेसम्म चालु र पूँजीगत खर्चका लागि मूल सञ्चित कोषबाट चालु खातामा रु १८ करोड ५७ लाख ५२ हजार र पूँजीगत खातामा रु १५ करोड गरी जम्मा रु ३३ करोड ५७ लाख ५२ हजार रकम सारिएको छ । यसरी हेर्दा मूल सञ्चित कोषमा २०७६ पौष मसान्तसम्मको तथ्यांक अनुसार रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित रहेको छ ।खर्च तर्फको तथ्यांक विश्लेषण गर्दा पूँजीगत खर्च रु १२ करोड ८५ लाख ९४ हजार ५७८ रहेको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।