शनिबार, बैशाख ८, २०८१

पूर्वसचिव कार्कीकी श्रीमतीको नियोजित हत्या भएको आशङ्का

काठमाडौ माघ २७ , नेपाल प्रहरीले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको नियोजित हत्या भएको आशङ्का गरेको छ । घरको सिसीटिभी फुटेजलगायत अन्य प्रमाण उपरको अनुसन्धानको क्रममा प्रहरीले हत्या भएको आशङ्का गरेको हो ।

यद्यपी अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले मृतक मुनाको घाँटी र हातमासमेत नीलडाम भेटिएको जनाउँदै सोही घरमा कामदारका रूपमा बसेका विजय चौधरी भने घरको ‘डाइनिङ’ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको अवस्थाको प्रारम्भिक अनुसन्धान अनुरुप कामदार चौधरीले घटना घटाएर उनले आत्महत्या गरेको अनुमान गरिएपनि सो सम्बन्मा कुनै औपचारिक जानकारी दिएको छैन ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकाले त्यसको प्रतिवेदनका आधारमा मात्रै यसै भएको हो भन्न सकिने बताउँदै दुवै वटा शव परीक्षणका लागि पाटन अस्पतालमा पठाइएको र घटनास्थलबाट संकलन गरिएको सिसी क्यामेराको फुटेजलगायत प्रमाणको परिक्षण भइरहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।