शुक्रबार, बैशाख १४, २०८१

लाइसेन्स र परीक्षाको प्रावधान हटाउँदै मिडिया काउन्सिल विधेयक पारित

काठमाडौ माघ २३, राष्ट्रियसभाको आजको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । यसअघि दफागत व्यवस्था गरिएको पत्रकारका लागि लाइसेन्स लिनुपर्ने दफागत व्यवस्था हटाउँदै उक्त विधेयक पारित गरिएको हो ।

यसअघि बैठकमा सञ्चारमन्त्री बाँस्कोटाले मिडियाबाट पीडित भएकाका लागि कानूनी उपचार उपलब्ध गराउने उद्देश्यले विधेयक ल्याइएको जनाउ दिदै पत्रकारिता क्षेत्रको पेशागत शुद्धता र आचारसंहिता पालना भए/नभएको हेर्न उक्त विधेयक ल्याइएको बताउँनु भएको थियो । साथै उहाँले काउन्सिलमार्फत मिडियाको विरुद्धमा उजुरी दिन पाउने नागरिकको हक विधेयकले सुनिश्चित गरेको बताउनु भयो ।

प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले पत्रकारको लागि गरिएको परीक्षाको सवालमा आफ्नो धारणा राख्न क्रममा पत्रकारको लेखन मनपराएको खण्डमा उ उतिर्ण र मन नपराएको अवस्थामा स्वत ओझेलमा पर्दै जाने भएका कारण पत्रकार हरेक दिन परीक्षामा सहभागी भइरहेको अवस्थामा नया परीक्षाको कल्पना गर्नु स्वभाविक नभएकै कारण दफगत व्यवस्था गरिएको लाइसेन्स र परीक्षाको प्रावधान हटाइएको जना दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।