शनिबार, बैशाख ८, २०८१

संसद बैठक : राजनीतिक प्रतिशोध साँध्ने नियमतले मुद्धा दायर भएको भन्दै काँग्रेसद्दारा अवरोध

आयोगको सर्वत्र आलोचना शुरु

काठमाडौ माघ २३, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बुधवार ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले दायर गरेको मुद्धा विभेदपूर्ण भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक नाराजावी सहित अवरोध गरेको छ । पार्टी संसदीय दलका उपनेता तथा तत्कालीन उपप्रम विजयकुमार गच्छदार सहित गच्छदारसहित १७५ जनाविरुद्ध विभेदपूर्ण मात्र नभइ नियोजित रुपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको भन्दै कांग्रेस सांसदहरुले बिहीबारको बैठकमा अवरोध गरेको हो ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गर्नेक्रममा राज्यले संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा पार्दै राजनीतिक प्रतिशोध साँध्ने काम गरेको बताउँनु भएको छ । त्यसपछि सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण भएको बताउँदै बैठक सुचारुका लागि आग्रह गर्दा अवरोध जारी रहेकै कारण पछि सभामुखले आजको बैठक माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

स्मरण रहोस :   तत्कालीन मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, पूर्वमुख्यसचिवहरु माधव घिमिरे, लीलामणि पौडेल, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाम बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा जोडिँएपनि अख्तियारले उहाँहरु विरुद्ध मुद्धा दायर नगरी कांग्रेसका नेता पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार मन्त्री र तीन पूर्वसचिव, व्यापारीलगायत जग्गा खरिद–बिक्रीमा संलग्नहरुलाई मात्र विपक्षी बनाइ भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आयोगको सर्वत्र आलोचना शुरु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।