शुक्रबार, बैशाख १४, २०८१

औषधि जगतमा विद्यमान विकृतिको समुल अन्त्यका लागि महासंघ आवश्यक भएको ठहर

विराटनगर माघ २५,  नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (एनएमएसआरएको) दुइ दिने २७ औ केन्द्रीय महाधिवेशन शुक्रवार विराटनगरमा शुरु भएको छ । संघका केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठको अध्यक्षतामा एवं संघको विराटनगर युनिटको आतिथ्यतमा सम्पन महाधिशनको उद्घाटनसत्रमा प्रदेश न १ का राज्यमन्त्री विजय कुमार विस्वासले राज्यको समृद्धिका लागि संघको महाधिवेशनले पश्चात जारी हुने विराटनगर घोषणा पत्र कार्यान्वयनको हकमा आफनो तर्फबाट पहलकदमी रहने प्रतिवद्धता सहित प्रदेश सरकारको तर्फबाट श्रम र श्रम शक्तिको सम्मानमा नयाँकानुन बन्दै गरेको बताउँनु भएको छ

त्यस्तै उदघाटनसत्रमा शभकामना अभिव्यक्ति दिदै नेपाल औगाधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बाँस्कोटाले पछिल्लो समय यो वा त्यो नाममा औषधि जगतमा देखिएको अनेकन विकृति निवारणको संस्थागत उपाए भनेको औषधि व्यवसायीको महासंघ मात्र भएको बताउँदै यसको लागि आफ्नो संघको तर्फबाट आवश्य पहलकदमी भइरहेको बताउँनु भएको छ ।  त्यस्तै उहाँले एनएमएसआरए लक्षित हुँदै पेशागत पहिचानका लागि आज के गर्ने भन्दा पनि भोलीका दिनमा के गर्ने भन्ने विषयगत चिन्तन सहित आफ्नो पेशागत सुरक्षाका लागि कार्यगत एकता सहित सक्रिया रहन आव्हान गर्दै संघ आवद्ध सदस्यसंग प्रत्यक्ष वा परोक्ष सहकार्य गर्न आफु तयार रहेको बताउँनु भएको छ ।

त्यस्तै औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले संघको महाधिवेशनको सफलताको कामना गर्दै समग्रमा औषधि जगतको आधार स्तम्भको प्रारुपमा क्रियाशिल सहृदयी एमआर साथीहरुको पछिल्लो समय झेल्दै आएको समस्याको समाधान संगै यसक्षेत्रको दिगो व्ययवस्थापनको लागि रासायनिक भन्दा पनि अर्गानिक मल आवश्यक रहेको बताउँदै चित्सिकलाइ समेत औषधि जगतमा भएका नयाँ विकासका आयामको विषयमा जानकार बनाउँने दक्ष जनशक्तिको संघ व्यक्ति प्रधान भन्दा विचार प्रधान होस भन्ने शुभकामना दिनु भयो ।

त्यस्तै गरि औषधि व्यवसायीसंघका महासचिव रामचन्द्र शर्माले एमआरको बौद्धिक दक्षताको विषय उठान गर्दै एमआरलाइ मजदुर भन्नु संगत नभएको विचार अभिव्यक्त गर्दै औषधि जगत आवद्ध पिडान , मियान लगायतका सम्वद्ध सवै संघसंस्था संग सहकार्य गर्न तयार रहेको बताउँदै संघको महाधिवेशन सफलताको कामनमा गर्नुभयो ।

फेनक्यानका अध्यक्ष सुरेन्द्र मान्नधर लगायतका आधादर्जन भन्दा वढि वक्ताले शुभकामना अभिव्यक्त गर्नु भएको संघको उद्घाटनसत्रमा केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठले संघ सवै औषधि जगतका संघसंस्था सहकार्य गर्न तयार रहेको बताउँदै एमआरका जिम्मेवारी निर्वाह गर्दैगर्दा राज्यको समृद्धिको मार्गमा आफ्नो तर्फबाट योगदान गर्न नपाएको गुनासोसंगै एमआरवृत लाइ राज्यले दर्ता गर्ने थिति बनाउँन नसक्दा आफुहरुले राज्यलाइ कर तिर्ने अधिकारबाट बन्चित भएको बताए । संघको जारी महाधिवेशनको आज दोस्रो दिन आज  बन्दसत्र र  आगामी ३ वर्षका लागि नयाँ नेतृत्वको समेत चयनका लागि   निर्वाचनको कार्यक्रम रहेको संघका महासचिव अनुप पाण्डेले जानकारी दिनु भएको छ ।उद्घाटनसत्रमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।