शुक्रबार, बैशाख १४, २०८१

उद्धार गरिएका ७४९ सडक सहयोगापेक्षी मध्ये ५सय ८८ जनाको पारिवारिक पुनर्मिलन , ७ जनाको मृत्यु

काठमाडौ फागुन १२,  काठमाडौंमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका पक्षमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बताउनुभएको छ । महानगरलाइ सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मुल समारोह समितिको संयोजक समेत रहेका ं महानगरका प्रमुख शाक्यले सोमबार बसेको मुल बैठकमा बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र जेष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानव अधिकारका सवालमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनु पर्ने बताउनुभएको हो ।

अभियान विषयमा अनेकन टिकाटिप्पणी चल्दै गरेको विषयमा केन्द्रीत हुँदै उहाँले जसको कोही छैन । केही छैन । उसको लागि गाँस बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको बताउँदै बस्ने घर हुँदा हुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सृजना कसैले नगरुन् भन्ने लक्ष्य महानगरले लिएको बताउँनु भयो ।

त्यस्तै बैठमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अभियानको दिगोपनाका ख्याल पु¥याउनु पर्ने धारणा राख्दै अभियान सञ्चालन गर्दैगर्दा सडकमा बस्दा खान, लाउन पाइन्छ भन्दै सच्चा सडक आश्रीत भन्दा पनि बाहिरबाट मान्छे आउने खतरा रहेको तर्फ सचेत हुँदै सोहि मुताविक आगामी कार्यक्रम तय गर्नुपर्ने बतानु भयो ।

गत मंसिर २९ गते शुरुभएको अभियान अन्र्तगत ६सय९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको आकंडा प्रस्तुत गर्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा नभएको विवरण प्रस्तुत गर्नु भयो । त्यस्तै अध्यक्ष अधिकारीले ५सय८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थ्याङ्क संगै ७० जनाको स्क्रिनिङ् हुन बाँकी छ । ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको मृत्यु भएको जानारी दिनु भयो ।

बैठकमा महानगरका प्रवक्ता ईश्वरमान डंगोल सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठ  हानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्द लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।