बिहिबार, चैत्र १५, २०८०

सत्तारुढ नेकपा विचार प्रधान भन्दा पनि व्यक्ति प्रधान भएसंगै मच्चियो खैलाबैला

खैलाबैला सम्बोधनको लागि दुई अध्यक्षबीच छलफल

काठमाडौं फागुन १२, सत्तारुढ नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी आली र सोहि पार्टीका अर्का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटवार्ता मुलत मुलुकको पछिल्लो समसामयिक विषयमा केन्द्रीत रहेको प्रमका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

तर समाचार स्रोता अनुसार पार्टीकका दुइ अध्यक्षवीचको भेटवार्ता मौजुदा संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन पार्टी नेता माधव नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएसंगै पार्टी वृतमा पार्टीलाइ विचार प्रधान भन्दा पनि व्यक्ति प्रधान बनाउँदै व्यक्तिलाई लिइएर संविधान संशोधन गर्ने प्रस्ताव लगेपछि सत्तारुढभित्र निकै मच्चिएका खैलाबैला ,तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनको अडियो प्रकरण, अमेरिकी परियोजना एमसिसी, प्रधानमन्त्री ओलीले जन्मदिनमा आचारसंहिता विपरित मनाएको लगायतको बिषय केन्द्रीत रहेको थाहा भएको छ ।

प्रस्तुत एजेन्दामा अध्यक्ष प्रचण्ड मुलुकका प्रम समेत रहेका ओलीवीचको छलफलको क्रममा केहि समय भनाभन समेत भएपनि अवका दिनमा कसरी अगाडि बढ्ने भन्ने सवालमा विषयगत प्रारुमा केन्द्रीत रहेको बताउँदै उहाँहरुवीच भएको छलफल विद्यमान सवै समस्यालाइ एमुष्ट सम्बोधन गर्ने रणनितिक योजना बनेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।