शुक्रबार, बैशाख १४, २०८१

विष्णु सरस्वती फाउण्डेसनद्धारा कम्वल वितरण

काठमाडौ माघ १०,  काठमाडौं महानगरपालिका वडा नं ३ मा रहेको सामाजिक संस्था विष्णु सरस्वती फाउण्डेसनले चिसोबाट प्रभावित बाराको गढीमाई नगरपालिका वडा नं ७ मुसहर बस्तीका नागरिकहरुलाई कम्वल वितरण गरेको छ ।  चिसोबाट प्रभावित मुसहर बस्तीका प्रत्येक घरलाई कम्वल वितरण गरेको थियो । १ सय ६५ थान कम्वल विष्णु सरस्वती फाउण्डेसनका प्रतिनिधिहरुले प्रभावित बस्तीमा नै गएर वितरण गरेका थिए ।

फाउण्डेसनका सदस्य एवं कार्यक्रमका संयोजक प्रितम कर्माचार्यको टोलीले ४ अपाङ्ग ७ एकल महिलाहरु थप कम्वल वितरण गरेको फाउण्डेसनले जनाएको छ ।  कार्यक्रममा कम्वल वितरण गर्दै शसस्त्र प्रहरी बल नेपाल नम्वर १२ बाहिनीका गणपति प्रहरी उपरिक्षक दिग्विजय सुवेदीले मुसहर बस्तीमा फाउण्डेसनले गरेको कार्यको प्रशंशा गर्दै चिसोबाट प्रभावितहरु निकै नै लाभान्वित भएको बताए ।

कार्यक्रममा फाउण्डेसनले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग पु-याउँदै आईरहेको र विपन्न वर्गका बस्तीहरुमा पुगेर विभिन्न सहयोग गर्दै आईरहेको संस्थाका सदस्य कर्माचार्यले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।