शनिबार, बैशाख १५, २०८१

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ

संसारकै उत्कृष्ट गन्तव्य रहेको नेपालको भ्रमण गर्न राष्ट्रपतिको आग्रह

काठमाडौ पुस १६,  नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । राजधानीस्थित दशरथ रङ्गशालामा आज साँझ एक विशेष कार्यक्रमका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गर्नुभएको हो

भ्रमण वर्षको शुभारम्भसत्रलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको यस महाअभियानलाइ सफल बनाउँन सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । साथै उहाँले भ्रमण वर्षको क्रममा सबैखालका पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको जनाउ दिदै संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकीय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकारको तयारी रहेको जानकारी दिदै भ्रमणवर्षलाइ सफल बनाउँन सम्वद्ध सवै लाइ आग्रह गर्नु भयो ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति छ । शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोसाकसहित सांस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।