शुक्रबार, चैत्र १६, २०८०

बढ्यो इन्धनको मूल्य

काठमाडौं पुस १६, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणाली अनुसार मूल्य बढेको निगमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ। बढ्दो मुल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।