शुक्रबार, बैशाख १४, २०८१

उपत्यका नगरपालिका फोरमले अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना गर्ने

काठमाडौं माघ १७ , नेपाल भ्रमण बर्ष २०२० ले निर्दिष्ट गरेको लक्ष्यलाई टेवा पु-याउने लक्ष्य सहित आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना गरिने भएको छ । उपत्यका नगरपालिका फोरमले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनलमा काठमार्डौ महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले सम्मेलनको औचित्यमाथि प्रकाश पार्दैै सम्मेलनमा काठमाडौँ उपत्यकाभित्रका नगरसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, सार्क तथा दक्षिण र दक्षिण पूर्वी एशियाका राजधानी लगायत प्रमुख शहर, युनेस्को तथा विश्व सम्पदा शहरहरुको सङ्गठनमा आबद्ध सम्पदा शहरका नगरप्रमुखलाई आमन्त्रण गर्दै नीति निर्माता, र योजनाबिद्का बीचमा सहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धी र अनुभवको आदान प्रदानसंगै सहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउँदै एकआपसमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राको सम्भाव्यता पहिल्याउँदै द्विपक्षीय र बहुपक्षीय संवादको शुरुवात् गरिने बताउँनु भएको छ ।
त्यसअवसरमा उहाँले अन्तरराष्ट्रिय मेयर सम्मेलनको डब्लुडब्लुडब्लु डट ओआरजि डट एनपि २०२०’ वेभसाइटको शुभारम्भ गर्दै प्रस्तुत वेवसाइटमा सम्मेलनका सूचना तथा जानकारीसँगै काठमाडौँ उपत्यकाका १८ वटै नगरका विवरण राखिने जानकारी समेत दिनु भएको छ ।

त्यस्तै पत्रकार  सम्मेलनमा भक्तपुर मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले सम्मेलन आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने बताउँदै सम्मेलनमा मेयर र बिज्ञबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै पाहुनाहरुलाई उपत्यकाको सम्पदासंगै आसपासका सम्पदा क्षेत्रको वलोकन भ्रमण अबलोकन गराउँदै अन्तरराष्ट्रिय नगर र त्यहाँका नागरिकमा सूचना प्रवाह गरिने बताउँनु भएको छ । साथै उहाँले आसन्न सम्मेलन आयोजनार्थ भक्तपुरको गठ्ठाघरमा फोरमको सचिवालय स्थापना गरिसकिएको समेत जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।