बिहिबार, चैत्र १५, २०८०

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारद्वारा समिति गठन

काठमाडौं माघ १७, पछिल्लो समय विश्वमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो पाइएसंगै कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ३ अलग समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि क्रमस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन गरिएको जनाएको  छ ।

त्यस्तै समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गतका सबै परिषद्का अध्यक्षहरु पदेन सदस्य तोकिएको छ भने उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्ने जानकारी दिएएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।