शनिबार, बैशाख १५, २०८१

गैरकानुनी गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकमाथि थप अनुसन्धानको लागि ५ दिनको म्याद

काठमाडौं पुस ८,  पर्यटक भिसामा नेपाल आएर नेपालमा अनेकन गैरकानुनी गतिविधि गर्दै बसेका भन्दै प्रहरीले सोमवार पक्राउ गरेका छ महिला सहित १२२ चिनियाँ नागरिकमाथि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार ५ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्ताउ परेका चिनियाँ नागरिकउपर अनुसन्धानकालागि म्याद थपभएसंगै अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौ, महानगरीय प्रहरी वृत्तहरू बालाजु, सोह्रखुट्टे, महाराजगन्ज र दरवारमार्गको प्रहरी हिरासतमा राखिएको जानकारी दिदै निजहरुबरुबाट ठूलो परिमाणमा ल्यापटप र विद्युतीय उपकरण बरामद घटना शंकास्पद रहेको जनाएका छन ।

साथै यी वाहेक  राजधानीको विभिन्न क्षेत्रमा अझै घरभाडामा लिएर चिनियाँ नागरिकले शंकास्पद गतिविधि सञ्चालन गरिरहेको सूचना प्राप्त भएको जनाउँदै यीनीहरुको सञ्जाल ठूलै रहेको प्रहरीले जनाएको छ ।  विशेष गरि पक्राउ परेका अभियुक्तहरु नेटवर्किङ ब्यापार, अनलाइन जुवा, अनलाइन ठगी र ह्याकिङ अपराधमा संलग्न रहेको पाइएको बताउँदै पछिल्लो समय यिनीहरुले नेपाललाई आफ्नो गेरकानुनी कारोवारकालागि प्रयोग गर्दै आएको जानाकारी दिएका  छन ।

साथै कतिपय त बैकिङ ह्याकिङदेखि सुन, दुर्लभ बन्यजन्तुको ओखटेपहार, जडिबुटी र अबैध डलर तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढ्दो रहेको प्रहरीको भनाइ रहेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।