शनिबार, बैशाख १५, २०८१

वर्ष ०७३/०७४को ‘हेमबहादुर मल्ल’ पुरस्कारबाट कुलमान र डा.रुईतलाई सम्मानीत गरिने

काठमाडौं पुस ८, नेपाल जनप्रशासन सघं र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सयुक्तरुपमा हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार २०७३ सालका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र २०७४ सालका पुरस्कार डा.सन्दुक रुईतलाई प्रदान गरिने भएको  छ ।

तत्कालीन श्री ५ को सरकार निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना कालमा महाप्रबन्धको रुपमा सेवा प्रवेश गर्नु भएका स्व मल्लले कर्पोरेशनको पहिचान स्थापितका लागि गर्नु भएको २५ वर्षको योगदानको सम्मानमा स्थापित दुई लाख रुपैयाँ राशीको पुरस्कार २०६० साल देखि निरन्तर प्रत्येक वर्ष प्रदान गरिदै आएको साल्ट ट्रेडिङले जनाएको छ । पुरस्कार सम्बन्धी जानकारी दिन आज राजधानीमा कर्पोरेसन र संघद्दारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा दिईएको  जानकारी अनुसार घोषित पुरस्कार आगामी शुक्रवार शुक्रबार प्रदान गरिने भएको  छ ।

पत्रकार सम्मेलनमा प्रस्तुत पुरस्कार प्राप्त गर्ने व्यक्तित्वको छनौट गर्न गठित छनौट समितिका संयोजक नेपाल जनप्रशासन संघका पूर्व अध्यक्ष कृष्णहरि वास्कोटाले निर्देशक घिसिङलाई लोडसेडिङ मुक्त गर्ने अभियान्ताको रुपमा र डा।रुईतलाई नेत्रज्योती विशषेज्ञका सम्मानित गर्ने निर्णय भएको जानकारी दिनु भयो ।  साथै उहाँले पुरस्कृत व्यक्तित्वद्दयले गर्नु भएको योगदान आफैम महत्वपूर्ण भएका कारण प्राप्त ७० जनाको नामावली मध्ये २ जनालाई छनोट गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै प्रस्तुत पुरस्कारबाट पहिलो २०६० सालमा पहिलो पटक केदारभक्त माथेमा, त्यस्तैगरि क्रमस चाँदनी जोशी, डा.भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङगाना, डा।सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र नागरि समाजका अगुवा देवेन्द्रराज पाण्डेलाइ सम्मानित गरिसकेको जानकारी दिनु भएको छ ।

त्यस्तै मुलत नुनको कारोवारलाइ व्यवस्थित गर्ने आम उपभोक्तालाइ राहत दिने लक्ष्यले स्थापित यस संस्थाले पछिल्लो समय दैनिक अत्याआवश्यक वस्तुको आपुर्ति अन्र्तगत नुन चिनी मैदा अनुदानित रासायनिक मल,ग्यास लगायतको व्यवस्थित विक्री वितरण गर्नुको अलावा कर्पोरेसनले कम्पनीले जनचेता अभियान, बालबालीको हितमा कार्य गर्ने सस्थालाई बाल हितकारी पुरस्कार, पाणिनी पुरस्कार, कर्मचारीलाई हेमबादुर मल्ल र ईश्वरलाल श्रेष्ठ पुरस्कार, एमबीबीएस अध्ययनरतलाई छात्रवृत्ति, अनङ्गमान शेरचन छात्रवृत्ति, लोकनाथ जोशी छात्रवृत्ति लगायत अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको  जानकारी दिएका छन ।

  पत्रकार सम्मेलनमा साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धर ,सहायक महाप्रबन्धक कुमारराज भण्डारी र प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ साल्ट ट्रेडिङका तर्फबाट पछिल्लो समय सम्पादन हुँदै आएको कामकारवाही माथि प्रकाश पार्दै खाद्यान्न आपुर्ति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि कर्पोरेशन प्रतिवद्ध रहेको बताउनुभयो ।