शनिबार, बैशाख १५, २०८१

राष्ट्रियसभा निर्वाचन: ११ दललाइ निर्वाचन चिह्न सहित तोक्यो आयोगले निर्वाचन अधिकृत

काठमाडौं पुस ९,  निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोेगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टी पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा राप्रपा संयुक्तलाइ हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दल गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेको उल्लेख गरिएके छ ।

त्यस्तै आयोगले न्याय परिषद्को परामर्शमा निर्वाचनप्रयोजनका लागि ७ जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र २ जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ । आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत र जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको जनाएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।