शुक्रबार, बैशाख १४, २०८१

महिला फुटबलको फाइनलमा भारतसँग पराजितभएसंगै मुख्य प्रशिक्षक खड्काले दिए राजिनामा

काठमाडौ मंसिर २३, देशमा जारी १३औं सागको महिला फुटबल अन्र्तगत आज भएको नेपाल भारतवीचको फुटवल फाइनलमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएसंगै १३औं सागमा स्वर्ण जित्ने लक्ष्य वोकेकाी नेपाली महिला फुटबल टोलीले रजत पदकमानै चित्त बुझाउँनु परेको छ ।  पोखरा रंगशालामा आज भएको फाइनलमा भारतीय खेलाडी बाला देवीले खेलको १७ औं र ५७ औं मनेटमा गोल गरेकी थिइन्।

यसैवीच नेपाली महिला राष्ट्रिय फुटबल टोली सन् २०१९ को उपाधि जित्नबाट चुकेसंगै टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामाको घोषणा गरेका छन्। साग अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनामाको घोषणा गरेको हो । यद्यपी खड्काले मुख्य प्रशिक्षकबाट राजिनामा दिएपनि महिला फुटबलको प्रमुखका रुपमा भने आफुले काम गर्ने जनाउ दिएको हाम्रा सहकर्मीले जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।