बुधबार, बैशाख १२, २०८१

उज्वल नक्षत्रका रुपमा उदाएकी गौरिकाले आज पनि जितिन अर्को स्वर्ण

काठमाडौ मंसिर २३, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पौडी खेलमा उज्वल नक्षत्रका रुपमा उदाएकी खेलाडी गौरिका सिंहले सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको महिलाको १०० मिटर फ्रिस्टाइलमा अर्को स्वर्ण जितेकी छन्।

गौरिकाले आज प्राप्त गरेको स्वर्ण संगै ४ वटा स्वणए जित्ने पहिलो खेलाडी समेत बनेकी छिन । यसअघिआइतवार भएको महिला चार सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण तेस्रो जितेकी थिइन ।

गौरिकाले आजको खेलमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। यसअघि पहिलो स्वर्ण दुई ससयमिटर फ्रिस्टाइल र दोस्रो स्वर्ण दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धामा र महिला चार सय मिटर प्रिस्टाइल स्पर्धामा तेस्रो स्वर्ण जितेकी हुन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।