बिहिबार, चैत्र १५, २०८०

जारी निषेधाज्ञावीच कोहलपुरको अवस्था अझै असामान्य ,आज विहानै नेविसंघको प्रदर्शन

बाँके मंसिर २३ , स्कुले बालिकालाई ट्रकले किचेर घाइते बनाएपछि सिर्जना भएको तनावका नियन्त्रणको लागि स्थानीय प्रशासनले कोहलपुर नगरक्षेत्रमा सुरक्षा स्थिति नियन्त्रण बाहिर गएपछि आइतबार दिउँसोदेखि लगाएको अनिश्चितकालिन निषेधाज्ञा आज पनि जारी नै रहेकोछ ।

आइतवार कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ना २ ख ९४५९ नम्वरको मालबहाक ट्रकले ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीहरु हिंसात्मक प्रदर्शनमा उत्रिदै आक्रोशित विद्यार्थीहरुले ठक्कर दिने ट्रकमा आगजनी गरेसंगै कोहलपुर तनावग्रस्त बनेको हो । यसवीचमा स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवार फायर र रवरको गोली प्रहार गर्दा दुएदर्जन भन्दा बढि विद्यार्थी घाइते भएका थिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी छात्रा चन्दको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट आइतवारनै काठमाडौं ल्याइ बि एण्ड बि अस्पतालमा उपचार भइरहेको बताईएको छ । यद्यपी आजै सर्वदलीय बैठक बसेर आइतबारको घटनाको विषयमा छानविन अघि बढाउँदै जारी तनावलाइ सम्बोधन गर्ने प्रशासनले तयारी थालेको बताईएको छ ।

यसैवीच कोहलपुर घटनाको विरोधमा आज विहानै राजधानीको चाबहिलमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा संघले प्रहरी दमनको विरोधमा चर्को नारावाजी सहित   प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग समेत गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।