शनिबार, बैशाख १५, २०८१

भारतीय चर्चित गायिका आशा भोस्ले नेपालमा

काठमाडौ पुस ११, शनिबार राजधानीमा सम्पन्न हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन भारतीय चर्चित गायिका आशा भोस्ले साधना कला केन्द्रको निमन्त्रणमा नेपाल आउँनु भएको छ । नेपाल भ्रमणको क्रममा गायिका भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्त गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै गायिका भोस्लेल शनिवारको कार्यक्रममा आफुले सुमधुर आवज दिएको नेपाली चलत्रिका गीत प्रस्तुत गर्ने कार्यक्रम रहेका कारण विहिवार रेडियो नेपाल पुगी ‘रिहर्सल’ गर्नुभएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । त्यस क्रममा उहाँलाइ रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गर्नुभएको थियो । भोस्ले नेपाल आउनुभएको हो । साथै गायिका भोस्लेले शुपतिनाथको दर्शन , नारायणहिटी सङ्ग्रहालयको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।